राष्ट्रको समृद्धि सुनिश्चित गर्न निजी क्षेत्र सशक्त बनोस्ः राष्ट्रपति भण्डारी
काठमाडौँ, २९ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रको समृद्धि सुनिश्चित गर्न निजी क्षेत्र अझ सशक्त बन्ने विश्वास व्यक्त गर्नुभएको छ ।
सार्क उद्योग वाणिज्य सङ्घका पदाधिकारीसँग आज अपराह्न राष्ट्रपति कार्यालयमा भएको सामूहिक भेटमा उहाँले मुलुकको आर्थिक विकासमा नेतृत्वदायी भूमिकामा रहेर काम गर्दै आएको निजी क्षेत्रलाई आफूले सधँै उच्च प्राथमिकतामा राखेको बताउनुभयो ।
राष्ट्रपति भण्डारीले चीन र...





























