गरिबी निवारण कोषको ३१ अर्बको अभिलेख नष्ट
काठमाडौँ, १५ भदौ । सफ्टवेयर बिग्रिँदा गरिबी निवारण कोषको ३१ अर्ब रुपैयाँको हिसाबकिताब नष्ट भएको छ । कोषले आन्तरिक प्रयोजनमा उपयोग गर्दै आएको एमआइएस नामको सफ्टवेयर बिग्रिँदा हिसाबकिताब राखिएका डाटा नष्ट भएको हो ।
०६० देखि कोषले सञ्चालन गरेका सबै कार्यक्रमको विवरणसहितका डाटा नष्ट भएका छन् । कोषले सञ्चालन गर्दै आएका परियोजनाहरूको म्याद सकिन झन्डै ५ महिना बाँकी छँदा सफ्टवेयर बिग्रिएको छ । आगामी डिस...



























