धनकुटाकाे गुराँसे टी-स्टेटमा मजदुरले लगाएको ताला मजदुरले नै तोडे
धनकुटा, १७ असोज । धनकुटाको हिलेमा रहेको गुराँसे टी-स्टेटमा एक पक्षका मजदुरले लगाएको ताला अर्को पक्षका मजदुरले केही समयमा नै तोडेका छन्। उद्योगले ज्यालादारी मजदुरलाई एकपक्षीय ढंगले कामबाट निकालेको भन्दै पुर्नबहालीको माग गर्दै अखिल नेपाल चिया मजदुर संघले कारखानाको मुल गेटमा बुधबार ताला लगाएको थियो ।
तर ताला लगाएको केहि बेरपछि नै कारखानामा मासिक तलबमा काम गर्ने मजदुरले आफुहरुसँग कुनै सल्लाह नगरी त...




























