ऋण तिर्न देउसीबाट विद्यालयलाई ११ लाख
बनियानी, १ मङ्सिर । झापाको बुद्धशान्ति गाउँपालिका–१ होक्सेस्थित त्रिभुवन माध्यमिक विद्यालयले स्कूल बसको ऋण तिर्न देउसी कार्यक्रम गरेको छ ।
विद्यार्थीको सुविधाका लागि खरीद गरिएको स्कूल बसको ऋण तिर्ने उद्देश्यले कात्तिक २२ गतेदेखि ३० गतेसम्म छ दिने देउसी कार्यक्रम सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक कुमार आचार्यले जानकारी दिए । बुद्धशान्तिको २३ वटा टोलमा खेलिएको देउसीबाट रु ११ लाख ३८५ सङ्कलन भए...






























