विश्वका सबै मजदूर एक हुन आह्वान
काठमाडौँ, १५ मङ्सिर । अक्टोबर क्रान्ति शतवार्षिकी समितिले क्रान्तिले एक शताब्दी काटिसकेको उपलक्ष्यमा आज आयोजना गरेको कार्यक्रममा विश्वका मजदूरलाई एक हुन आह्वान गरेको छ ।
सबै मजदूर एक भएर अघि बढे मात्र विश्वलाई उचाइमा लान सकिने समितिका संयोजक स्वनाम साथीले बताउनुभयो । “नेपालमा अझै पनि असमानता र विकृति उस्तै छ, धनीको दमनबाट श्रमिकलाई माथि ल्याउनु आजको आवश्यकता हो”, उहाँले भन्नुभयो । अक्टोबर क्रान...




























