चामल किन्न वडा र गाउँपालिका अध्यक्षको सिफारिस
हुम्ला, ६ मंसिर । तीन महिनादेखि चामल किन्न नपाएपछि सिमकोट गाउँपालिका–४ गुराउँसेका गोल विक वडा कार्यालय पुगे । वडाध्यक्ष छविचन्द्र लामाले सिफारिस गरिदिए। उनी वडाको सिफारिस बोकेर गाउँपालिका कार्यालय पुगे।
हारगुहार गरेपछि गाउँपालिका अध्यक्ष्ँ पदम लामाले अर्को सिफरिस बनाइदिए। सिफारिस पत्रमा लेखिएको थियो, ‘श्रीमान् प्रमुख जिल्ला अधिकारीज्यू, गरिबलाई १० केजी चामल सहयोग गरिदिन अनुरोध छ।’
गाउँपालिका अ...





























