नारायणहिटी संग्राहलयको शुल्क बढाउने तयारी
काठमाडौँ, १९ कात्तिक । संग्रहालय स्थापना भएको एक दशक पछि नारायणहिटी संग्रहालयले प्रवेश शुल्क बढाउने तयारी गरेको छ । पुरातत्व विभाग मातहतमा रहेको संग्रहालयले शुल्क बढाउने प्रस्ताव संस्कृति पर्यटन तथा मन्त्रालयमा पेश गरेको छ । करिब तीन साता अघि बसेको बैठकले शुल्क बढाउने प्रस्ताव गरेको हो ।
सो प्रस्ताव पुरातत्व विभाग हुदै संस्कृति,पर्यटन तथा नागरिक उड्यन मन्त्रालयमा पेश भएको छ । प्रस्तावित नया शुल...



























