चिसो बढेसँगै सोलुखुम्बुमा न्यानो कपडाको व्यापार बढ्यो
सोलुखुम्बु, १५ कात्तिक । जिल्लामा चिसो बढेसँगै न्यानो कपडाको व्यापार बढेको छ । असोज अन्तिम सातादेखि चिसो बढेसँगै न्यानो कपडाको माग बढेको यहाँका व्यापारीले बताएका छन् ।
कपडा पसलमा ज्याकेटको माग बढेको छ । विगत वर्षभन्दा यस वर्ष चाँडै जाडो शुरु भएका कारण ज्याकेटको माग बढेको व्यापारी लोकबहादुर दर्जीले बताए । सल्लेरी बजारमा न्यानो कपडा किन्नेको भीड बढेको ‘न्यू ए वान टेलरिङ सेन्टर’ सञ्चालक विश्राम हिङम...






























