काठमाडौंँ, ७ मङ्सिर । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले देशका ७५३ वटै स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गर्ने निर्णय गरेको छ ।
यो निर्णयले स्थानीय तहबाटै रोजगारीका लागि आवश्यक प्रक्रिया सुरु गर्न बाटो खुलेको छ ।
नेपाल सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले मन्त्रिपरिषद्को कात्तिक २९ र मङ्सिर ३ गतेका निर्णय सार्वजनिक गर्नुहुँदै यस्तो जानकारी दिनुभएको हो ।