काठमाडौँ, ८ मंसिर । अब निजी क्षेत्रमा कार्यरत श्रमिकहरुले समेत अवकाशपछि जीवनभर निवृत्तिभरण पाउने भएका छन्। त्यसका लागि श्रमिकहरुले जागिर अवधिभर आफ्नो मासिक पारिश्रमिकबाट निश्चित रकम सामाजिक सुरक्षा कोषमा जम्मा गर्नुपर्नेछ भने रोजगारदाता कम्पनीले निश्चित रकम कोषमा जम्मा गर्दै जानु पर्नेछ।,  आजको कान्तिपुर दैनिकमा खबर छ ।

Advertisement

त्यसरी रकम जम्मा गरेका श्रमिकहरुले अवकाशपछि सामाजिक सुरक्षा कोषबाट मासिक रुपमा आजीवन पेन्सन पाउनेछन्। श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सामाजिक सुरक्षा कोषमा श्रमिकहरुलाई योगदानमा आधारित पेन्सन दिने प्रबन्ध गरेको छ ।

योगदानकर्ता श्रमिकले अवकाशपछि पाउने गरी वृद्ध अवस्था सुरक्षा योजना अन्तरगत योगदानकर्ता जीवित रहेसम्म पेन्सन पाउने व्यवस्था गरिएको श्रम मन्त्रालयले जनाएको छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!