संगालोखबर सम्वाददाता

मोरङ । लागूऔषध गाँजा ओसारपसार तथा बेचबिखनमा संलग्न तीन भारतीय नागरिकसहित छ जना विराटनगरबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको सहिदभूमि गाउँपालिका–१ का ३२ बर्षीय रुद्र राई, सुनसरीको देवानगन्ज–१ का ४० बर्षीय उमेश यादव र धरान उपमहानगरपालिका–१३ सुम्निमा चोकका ४५ बर्षीय सुर्य राई छन् ।

Advertisement

त्यस्तै, भारतीय नागरिक भारत अररिया फार्बिजगन्जका १९ बर्षीय सोनुकुमार यादव, अररिया पिर्पाघाट विशनपुरका २८ बर्षीय जयराम यादव र अररिया नरपथगन्ज सोनापुरका ३० बर्षीय रन्जित भनिने प्रिन्स विचितर कुमारलाई प्रहरीले पक्राउ गरेको हो । विराटनगर महानगरपालिका–६ रामपुरस्थित झाँडीमा लुकाई राखेको अवस्थामा १८ किलो गाँजा फेला परेको हो । गाँजा ओसार पसारमा प्रयोग गरिएको को १ च २४१२ नम्बरको मारुती भेन पनि प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका सुर्य भेन चालक हुन् ।

उनीहरुको साथबाट नेपाली रुपैयाँ ७ लाख १६ हजार ६ सय, भारतीय रुपैयाँ २ हजारसहित विभिन्न कम्पनीका ६ थान मोवायल बरामद भएको प्रहरीले जनाएको छ । उनीहरुले पहाडबाट गाँजा ल्याएर भारत निकासी गर्ने गरेको प्रहरीको अनुमान छ । उनीहरुको कारोवारका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!