संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटाको हिले-कुवापानी सडक मर्मतमा ढिलाई भएपछि स्थानीयवासीले विरोध प्रदर्शन गरेका छन् । काम थालेको तीन वर्ष बितिसक्दा पनि ५ सय मिटर सडक मर्मतको काम पुरा नगरिएको भन्दै स्थानीयवासीले सडक डिभिजन कार्यालय धनकुटामा धर्ना दिएर प्रदर्शन गरेका हुन् ।

Advertisement

उनीहरूले सडक डिभिजन कार्यालयमा धर्ना दिएर चाडै सडक निर्माण सक्न दवाव दिएका हुन् । हिलेका स्थानीय लाक्पा तामाङको अगुवाइमा करिब दुई दर्जनको संख्यामा आएका स्थानीयवासीहरू प्लेकार्ड बोकेर कार्यालयमा धर्ना बसेका थिए । उनीहरूले ‘ठेकेदारलाई कारबाही गर, ठेकेदार कि ठग दार, भ्रष्टाचार अन्त्य गर, लुटतन्त्र मुर्दावाद’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरे ।

विराटनगरको शशिधर निर्माण सेवाले ६५ लाखमा सडक मर्मतको जिम्मा लिएको हो । ठेकेदार कम्पनीलाई पटक पटक म्याद थप्दा पनि लापरबाही गरेर काम नगरेकाले बाध्य भएर आन्दोलनमा उत्रनु परेको हिलेका स्थानीय लाक्पा तामाङ बताउँछन् ।

सम्झौता अनुसार काम नगरे थप आन्दोलन चर्काउने स्थानीयवासीले चेतावनी पनि दिएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!