संगालोखबर सम्वाददाता
फाइल तस्वीर

मोरङ । मोरङको सुनवर्षी नगरपालिका–८ कुरेलीमा आज बिहान सेल्फी खिच्ने क्रममा हात्तीले आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ । हात्तीसँग सेल्फी खिच्ने क्रममा सोही हात्तीले आक्रमण गर्दा कुरेलीका २१ बर्षीय मनोहर मियाको मृत्यु भएको हो ।

बिहान सँवा ७ बजे भारतबाट एउटा हात्ती नेपाल प्रबेश गरेको थियो । सोही हात्तीसँग सेल्फी खिच्न मिया हात्तीको नजिकै गएका थिए । नजिक पुगेका बेला हात्तीले उनलाई आक्रमण गरेको हो ।

Advertisement

हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका मियालाई उपचारका लागि न्यूरो अस्पताल लगिएको थियो । अस्पताल पुर्याउँनासाथ बिहान सभा ८ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ । आक्रमण गर्ने हात्ती अहिले रतुवामाईतर्फ गएको स्थानीयबासीले बताएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!