संगालोखबर सम्वाददाता

सुनसरी । सुनसरीको भोक्राहानरसिंह गाउँपालिका-६ बाट २१ लाख ५७ हजार नगदसहित एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा कोशी गाउँपलिका–३ का २७ वर्षीय वीरेन्द्रकुमार राउत छन् ।

Advertisement

सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट लौकहीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । साथमा रहेको रकमको स्रोत खुलाउँन नसकेपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रदेश १–०२–०५३ प १९५६ नम्बरको मोटरसाइकलमा पूर्व-पश्चिम राजमार्ग हुँदै इनरुवातर्फ जादै गरेका राउतलाई खानतलासी गर्दा अवैध रकम बरामद भएको हो ।

राउतको साथबाट १ हजार दरका ९०४, ५ सय दरका २५०४, १ सय दरका १९, २०, १० र ५ दरका एक/एक थान नेपाली नोट बरामद भएको छ ।

बरामद रकम र मोटरसाइकलसहित राउतलाई आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको छ । पक्राउ परेका राउत हुन्डी कारोबारी हुनसक्ने प्रहरीको आशंका छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!