संगालोखबर सम्वाददाता

विराटनगर । २० औं राष्ट्रिय धान दिवसको अवसरमा आज विराटनगर–१२ स्थित बखरीमा सामूहिक धान रोपाइँ गरिएको छ । विराटनगर महानगरपालिकाले पञ्चेबाजासहित उल्लासमय रुपमा धान रोपाइँ कार्यक्रम आयोजना गरेको हो ।

Advertisement

रोपाइँमा महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, वडाध्यक्षहरुसहित विभिन्न राजनीतिक दलका स्थानीय नेता, समाजसेवी, टोल सङ्गठनमा आबद्ध व्यक्ति, कृषक लगायत सहभागि थिए । रोपाइँमा नाचगान गर्दै रमाइलो गरिएको थियो ।

दिवसका अवसरमा मेयर कोइरालाले कृषिलाई आधुनिकीकरण र यान्त्रिकरणतर्फ लैजानुपर्नेमा जोड दिए । किसानले सहज रुपमा मल, सिन्चाइ र बिउ पाउने अवस्था सिर्जना गर्नुपर्ने आवश्यकता रहेको भन्दै उनले कृषिलाई यान्त्रिकरण गरेर उत्पादकत्व वृद्धि गर्नुपर्ने धारणा राखे ।

धान दिवसका अवसरमा महानगरपालिकाले हरेक वर्ष सामूहिक धान रोपाइँ गर्दै आएको छ । गत वर्ष १८ नम्बर वडामा महानगरले सामूहिक रोपाइँ गरेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!