संगालोखबर सम्बाददाता

विराटनगर । ७१ औं कुष्ठरोग दिवसको अवसरमा आज विराटनगरका कुष्ठरोगीलाई फाइबर सिरक वितरण गरिएको छ । दिवसको अवसरमा विराटनगर महानगरपालिकाले कुष्ठरोगीलाई सिरक दिएको हो ।

Advertisement

विराटनगर वडा नम्बर १२, १५, १६, १७ र १९ का ७ जना कुष्ठरोगीलाई सिरक वितरण गरिएको महानगरको स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिए । प्रायजसो गरिबीसँगै जोडिएको यो रोग लागेकाहरू अपाङ्गताको दोस्रो श्रेणीमा पर्छन् ।

उनीहरूले आगो ताप्दा हातखुट्टा पोल्दासमेत थाहा नपाउने भएकाले जाडोमा न्यानो भएर बस्नका लागि सिरक दिइएको हो ।

हाल महानगर मातहतका स्वास्थ्य संस्थाबाट ७ जना कुष्ठरोगीले नियमित औषधि सेवन गरिरहेका छन् । कुष्ठरोग दिवसको अवसर पारेर महानगरले नियमित औषधि सेवन गरिरहेका कुष्ठरोगीलाई सहयोग गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!