संगालोखबर सम्वाददाता

विराटनगर । विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाँटबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको धरान–६ का २० बर्षीय निखिल राय छन् ।

Advertisement

लागुऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई लागुऔषध लुपिजेसिक १५ एम्पुल, डाईजाल्याब १५ एम्पुल, एभिल १४ एम्पुल र फेनारगन १५ एम्पुलसहित पक्राउ गरेका हो ।

पक्राउ परेका रायका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!