संगालोखबर सम्वाददाता

विराटनगर । राष्ट्रिय जनमुक्ति पार्टी निकट किरात लिम्बुवान खम्वुवान प्रदेश परिचालन समितिले आज प्रदेश १ का ९ जिल्लामा बन्द घोषणा गरेको छ । तर, बन्दको प्रभाव भने परेको छैन ।

Advertisement

वि.सं. १८३१ साउन २२ गते गोरखा राज्यले छलकपटपूर्ण सन्धिमार्फत लिम्बुवानको सार्वभौम सत्ता हरण गरेको भन्दै त्यसको विरोेधमा कालो दिनका रुपमा २०६६ सालदेखि हरेक बर्ष आजकै दिन जनमुक्ति पार्टीले एक दिने बन्द गर्दै आएको छ । सोही अनरुप आज पनि अरुण पूर्वका ९ जिल्ला धनकुटा, तेह्रथुम, संखुवासभा, ताप्लेजुङ्ग, पाँचथर, इलाम, झापा, मोरङ्ग र सुनसरीमा बन्द आवह्रान गरिएको हो ।

बन्दको अवज्ञा गरेमा सम्भावित क्षति र दुर्घटनाको जिम्मेवार स्वयम् हुँनुपर्ने भन्दै चेतावनीपूर्ण पर्चा निकालिएको छ । बन्दमा कुटनीतिक नियोग, प्रेस, जन्ती, मलामी, एम्बुलेन्स र शव बाहन गाडीलाई मात्र चल्न दिइने पर्चामा उल्लेख छ । तर, बन्दकर्ताहरु सडकमा निस्किएका छैनन् । जसका कारण बन्दको प्रभाव परेको छैन । कोरोनाको प्रभावका कारण सवारी साधन कम चल्दै आएका छन् । अन्य दिन सरह नै आज पनि सवारी साधन निर्वाध रुपमा सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।

हरेक बर्ष झै आज पनि कालो दिनका रुपमा बन्दको पर्चा निकालिएको भएपनि कोरोनाका कारण बन्द गराउँन कार्यकर्ताहरु सडकमा ननिस्किएको जनमुक्ति पार्टी निकट किरात लिम्बुवान खम्वुवान प्रदेश परिचालन समितिका संयोजक प्रकाश याङ्देनले बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!