संगालोखबर सम्वाददाता

विराटनगर । मोरङको रंगेली नगरपालिका–६ मलङ्गथानमा चट्याङ पर्दा आज एक जनाको मृत्यु भएको छ । चार जना घाइते छन् । मृत्यु हुँनेमा स्थानीय २३ वर्षिय नितेश राय छन् ।

Advertisement

घर नजिकै पिठारीको रूखमुनि गफ गर्दै बसिरहेका बेला दिउँसो १ बजे चट्याङ पर्दा उनीहरु घाइते भएका थिए । रंगेली अस्पतालमा उपचारका क्रममा रायको मृत्यु भएको हो ।

१७ बर्षीय विजय मण्डल, २५ बर्षीया संगीता यादव, २६ बर्षीय रविन मण्डल र ५५ बर्षीय अशोक मण्डल घाइते भएका छन् । रंगेली अस्पतालमा उनीहरूको उपचार भइरहेको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!