संगालोखबर सम्वाददाता

मोरङ । मोरङ जिल्लामा निषेधाज्ञा लम्ब्याइएको छ । प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले जेठ ३१ गतेसम्मका लागि आइतवार निषेधाज्ञा थप गरेका हुन् ।

Advertisement

यसअघि बैशाख २४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लागु गरिएको थियो । तर, तत्काल निषेधाज्ञा खोल्न नहुँने निष्कर्षसहित मोरङमा छैठौं पटक निषेधाज्ञा थपिएको हो ।

कोरोनाको दोस्रो लहर सुरु भएपछि त्यसलाई नियन्त्रण गर्न मोरङमा वैशाख १९ गतेदेखि निषेधाज्ञा लगाएको हो । त्यसयता पटक–पटक म्याद थपेर निषेधाज्ञा लम्ब्याइदै आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!