संगालोखबर सम्वाददाता

विराटनगर । मोरङको जहदा गाउँपालिका–१ बुधनगरबाट प्रहरीले गएराती ठूलो परिमाणमा सिल प्याक मदिरा बरामद गरेको छ । वुधनगरको खाली जग्गामा लुकाएर राखिएको ४ लाख ९० हजार भन्दा बढी मूल्यको सिल प्याक मदिरा बरामद भएको प्रहरीले जनाएको छ ।

Advertisement

राती साढे १ बजे बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले को.३२ प.९५२१ र को.२० प.८७१७ नम्बरको मोटरसाईकलमा लोड गरेको र बाकी बेबारिसे अबस्थामा रहेको मदिरा बरामद गरेको हो ।

दिलवाले मदिरा ३०९ कार्टुन, उंमग मदिरा २७७ कार्टुन र बिभिन्न ब्राण्डका खुल्ला मदिरा १९०० बोतल फेला परेको छ ।

बरामद मदिरा र मोटरसाइकल जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याइएको छ । मदिरालाई प्रहरीले मूल भन्सार कार्यालय रानीमा बुझाउने तयारी गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!