संगालोखबर सम्वाददाता

मोरङ । सिकार खेल्ने क्रममा आफ्नै साथीले चलाएको गोली लागेर मोरङको केरावारी गाउँपालिका–३ का हस्तबहादुर राईको मृत्यु भएपछि प्रहरीले सिकार खेल्न गएका थप चार जना युवाहरुलाई पक्राउ गरेको छ । ३२ बर्षीय राईको हत्या आरोपमा प्रहरीले बुधबार ४ थान भरुवा बन्दुकसहित ४ जनालाई पक्राउ गरेको हो ।

Advertisement

पक्राउ पर्नेमा केराबारी गाउँपालिका–३ का ४४ बर्षीय डिकबहादुर राई, ३६ बर्षीय बुद्धबीर लिम्बु, १९ बर्षीय रामप्रसाद राई र लेटाङ नगरपालिका–१ का १९ बर्षीय विपन लिम्बु छन् । गत बैशाख ८ गते मृतक राईसहित १० जना साथीहरु स्थानीय बाँसघारी खोप सरकारी राष्ट्रिय वनमा शिकार खेल्न गएका थिए । सोही समूहका गजेन्द्र राईले चलाएको भरुवा बन्दुकको गोली लागेर हस्तबहादुरको मृत्यु भएको हो ।

घटनापछि सिकार खेल्नसँगै गएका रुबिन लिम्बु र गजेन्द्र बहादुर राईलाई बैशाख ९ गते प्रहरीले १ थान भरुवा बन्दुकसहित पक्राउ गरेको थियो । सँगै सिकार खेल्न जाँने अन्य व्यक्तिको खोजी गर्ने क्रममा प्रहरीले थप चार जनालाई नियन्त्रणमा लिएको हो । उनीहरुले जंगलको ओढार मुनी लुकाएर राखेको अवस्थामा ४ थान भरुवा बन्दुक पनि बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!