संगालोखबर सम्बाददाता

मोरङ । मोटरसाइकल चोरीमा संलग्न सात जनालाई प्रहरीले इटहरीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी १३ का २८ बर्षीय राजेश मेहता, इटहरी २० का ३८ बर्षीय बलराम गुरूङ, इटहरी २ का ३९ बर्षीय सुवास लिम्बु, इटहरी ३ का ३० बर्षीय मचिन राई, इटहरी ४ का २१ बर्षीय गोलमोल राई, १९ बर्षीय रोमन परियार र २१ बर्षीय मनोज परियार छन् ।

Advertisement

जेठ १२ गते राती मोरङको सुन्दरहरैंचा ४ का मदनकुमार चौधरीको प्र–१–०५–००१ प–००६१ नम्बरको रातो कलरको २ सय सीसीको एनएस मोटरसाइकल घरबाटै चोरी भएको थियो । घटनाको जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय बेलबारीबाट मोटरसाइकलको खोजतलास थालिएको थियो ।

खोजतालसका क्रममा प्रहरीले चोरी भएको मोटरसाइकल राजेश मेहताको घरमा फेला पारेको हो । मोटरसाइकल फेला परेपछि मेहतालाई पनि प्रहरीले पक्राउ गर्यो । चोरीमा संलग्नको पहिचान खुलेपछि बाँकी छ जनालाई पनि प्रहरीले उनीहरुको आ–आफ्नै घरबाट पक्राउ गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!