बिराटनगर, १६ फागुन । मोरङको पथरीशनिश्चरे–३ मा मंगलवार आयोजित कार्यक्रममा कांग्रेस नव प्रवेशी मिना सेन्चुरीको मन्तब्य सुरु भएपछि कार्यक्रममा एकाएक माहोल फरक भयो ।
मन्तब्यको सुरुवात देखिनै कार्यक्रमका प्रमुख अतिथि एवं नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माको खुलेर प्रशंसा गरेकी मिनाले शर्माको गुन सम्झदै भक्कानिन थालिन् । ‘सुनिल शर्मा सर भगवान हो ।’ भक्कानिदै मिनाले भनिन् ‘उहाँकै कारण मेरो श्रीमानले नयाँ जिवन पाउँनुभयो, सुनिल सर नभएको भए अहिले हाम्रो के हालत हुन्थ्यो कल्पना पनि गर्न सक्दिन ।’
कांग्रेस पथरीशनिश्चरे–३ को वडा स्तरीय भेला तथा नव प्रवेशीहरुमा शुभकामना तथा परिचयात्मक कार्यक्रममा सेन्चुरी भक्कानिन थालेपछि कार्यक्रममा सहभागि अधिकांसका आँखा रसाए ।
![](https://sangalokhabar.com/wp-content/uploads/2018/02/mina-senturi-nobel.jpg)
डा.शर्माले लगाएको गुनको प्रशंसामै मन्तब्यको अधिकांस समय खर्चिएकी मिनाले भनिन् ‘श्रीमानको उपचार गर्ने पैसा नहुँदा मैले ७ दिनमा उहाँलाई गुमाउँदै थिए, तर, सुनिल सरले १०/११ लाखको उपचार निःशुल्क गर्दिएर मेरो सिउँदोको सिन्दुर जोगाईदिनुभयो ।’ आफुले डा. शर्मालाई भेट्दा साच्चैको भगवान पाएजस्तो अनुभूति भएको उनले बताईन् ।
बिराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले गत माघ २ गते मिनाका श्रीमान ५४ बर्षीय पूर्णबहादुर सेन्चुरीको ब्रेन ट्यूमरको निःशुल्क शल्यक्रिया गरेको थियो । न्यून आर्थिक स्थितीको सेन्चुरी परिवारले शल्यक्रिया गर्न पैसा जुटाउँन सक्ने अवस्था थिएन ।
सेन्चुरी परिवारको दयनीय अवस्था थाहा पाएर नोबेल अस्पतालका प्रमुख डा.शर्माले उनको निःशुल्क शल्यक्रिया गराएका हुन् । पथरीशनिश्चरे–३ लक्ष्मीनगर घर भएका पूर्णबहादुरलाई उपचारका लागि नोबेलकै गाडीमा ल्याईएको थियो ।
सेन्चुरीलाई नोबेलमा सम्पूर्ण उपचार निःशुल्क गरी औषधि पनि निःशुल्क उपलब्ध गराईएको हो । शल्यक्रिया पछि सेन्चुरीको स्वास्थ्य अवस्था सामान्य रहेको परिवार स्रोतले जनाएको छ ।
मिनाले भक्कानिदै यसो भनिन्, भिडियो हेर्नुहोस्…