संगालोखबर सम्बाददाता

धनकुटा । वैदेशिक रोजगारीका लागि बहराइन पुगेका नेपालीहरूले धनकुटा नगरपालिका-४ श्रीपञ्चमी पार्कस्थित बाल पुनस्थापना केन्द्रलाई सहयोग गरेका छन् । प्रवासी नेपाली मञ्च बहराइनले पुनस्थापना केन्द्रमा रहेका बालबालिकाहरूका लागि एक लाख आर्थिक सहयोग गरेको हो ।

Advertisement

धनकुटामा शनिवार कार्यक्रम गरेर सहयोग प्रदान गरिएको छ । प्रवासी नेपाली मञ्च बहराइनका सल्लाहकार डीवी सुवेदीले खातामा रकम जम्मा गरेको भौचर बाल पुनस्थापना केन्द्रकी अध्यक्ष सकुन्तला बस्नेतलाई हस्तान्तरण गरे । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङ, धनकुटा नगरपालिकाका उपप्रमुख भिमा खनाल, बाल पुनस्थापना केन्द्रका अध्यक्ष बस्नेत लगायतले सहयोग प्रति प्रवासी नेपाली मञ्च बहराइनको टिमलाई धन्यवाद ज्ञापन गरे ।

२०५२ सालमा स्थापना भएको मदन आश्रित प्रतिष्ठानले २०५९ सालबाट बाल पुनस्थापना केन्द्र सञ्चालन गरी द्वन्द्वपीडित, असहाय, अनाथ बालबालिकाहरूलाई आश्रय दिदै आएको छ । हाल सो पुनस्थापना केन्द्रमा १३ जना बालबालिका छन् । उनीहरूलाई खाने, बस्नेसहित पढाउँने व्यवस्था पनि पुनस्थापना केन्द्रले गर्दै आएको छ ।

बालबालिकाको पालनपोषणका लागि वाल पुनस्थापना केन्द्रलाई विभिन्न संघसंस्था र व्यक्तिहरूले सहयोग गर्दै आएको पुनस्थापना केन्द्रका सचिव कमल लामिछानेले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!