संगालोखबर सम्बाददाता

धनकुटा । सुनसरीको बराहक्षेत्र नगरपालिका–९, स्थित राजाबासबाट ४०६ किलो गाँजासहित दुई जना पक्राउ परेका छन् । मंगलबार इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले गाँजा बोकेको प्रदेश ०१-०२-००१ ज ४०५० नम्बरको टाटासुमो गाडीसहित दुई जनालाई पक्राउ गरेको हो ।

Advertisement

राजाबासस्थित दाहसंस्कार गर्ने घाट नजिक कोशी नदीको किनारमा लुकाएर राखिएको अवस्थामा गाडीभित्र गाँजा फेला परेको हो । गाडीमा १३ वटा बोराभित्र प्लाष्टिकले प्याक गरेर राखिएको अवस्थामा गाँजा भेटिएको छ ।

गाँजा ओसारपसारमा संलग्न धरान उप-महानगरपालिका–४, का २५ वर्षीय सूर्य राई र भोजपुर हतुवागडी गाँउपालिका–८ का २७ वर्षीय लक्ष्मण राईलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरु भाग्न खोजेपछि प्रहरीले दुई राउन्ड हवाईफायरसमेत गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!