संगालोखबर सम्वाददाता

विराटनगर । युएनडीपी र युएसएआडीको सुआहारा परियोजनाले प्रदेश १ सरकारलाई ६२ लाख ५० हजार बराबरको स्वास्थ्य सामाग्री प्रदान गरेको छ । युएनडीपीका धनबहादुर चन्द, युएसएआडीको सुआहारा परियोजनाका प्रदेश संयोजक सुभाष गौतम लगायतले सामाजिक विकास मन्त्री उषाकला राईलाई आइतवार सामाग्री हस्तान्तरण गरेका हुन् ।

Advertisement

युएनडीपीकातर्फबाट ६० वटा कन्सनट्रेटर हस्तान्तरण गरिएको छ । ६० वटा मध्ये १० लिटरको ३० वटा र ५ लिटरको ३० वटा कन्सनट्रेटर रहेको प्रदेश स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्रका प्रमुख शम्भु शाहले जानकारी दिए । यस्तै युएसएआडीको सुआहारा परियोजनाबाट पीपीई सेट १०० थान, सर्जिकल मास्क ८ हजार थान, ह्याण्ड सेनिटाईजर ५ सय लिटरको ५० थान र के एन ९५ मास्क ३ सय थान प्राप्त भएको छ ।

स्वास्थ्य सामाग्री ग्रहण गर्दै सामाजिक विकास मन्त्री राईले सहयोगीप्रति आभार प्रकट गरिन् । उनले कोरोना संक्रमण नियन्त्रणमा सवैको सहयोग आवस्यक रहेकोमा जोड दिइन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!