संगालोखबर सम्वाददाता

विराटनगर । विगत २४ घण्टको अवधिमा प्रदेश १ मा ८१३ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार २४५ जनाको पीसीआर परीक्षण गर्दा ३६९ र १ हजार ६७५ जनाको एन्टिजेन परीक्षण गर्दा ४१७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १२७, मोरङमा ११८, सुनसरीमा ९०, पाँचथरमा १०, इलाम, धनकुटा र उदयपुरमा ६/६, संखुवासभामा २ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो ।

Advertisement

झापाको दमकमा ३१, विर्तामोडमा २९, अर्जुनधारा र शिवसताक्षीमा १२/१२, मेचीनगरमा ९, कनकाईमा ८, गौरादह र बुद्धशान्तिमा ७/७, भद्रपुरमा ५, हल्दिबारी र कमल गाउँपालिकामा ३/३, बाह्रदशीमा १, मोरङको विराटनगरमा ५०, सुन्दरहरैचामा ३९, उर्लाबारीमा ९, लेटाङ र केराबारीमा ४, पथरीशनिश्चरे र ग्रामथानमा ३/३, कानेपोखरी र बेलबारीमा २/२, रंगेली र बुढीगंगामा १/१ जना संक्रमित भएका छन् ।

त्यस्तै सुनसरीको इटहरीमा ४६, धरानमा २९, रामधुनीमा ५, दुहवी र इनरुवामा ३/३, हरिनगर, बराहक्षेत्र, कोशी गाउँपालिका र स्थानीय तह नखुलेका १/१, पाँचथरको फिदिममा ९, याङवरक १, इलामको फोकफोकथुममा ३, सुर्योदय, सन्दकपुर र चुलाचुलीमा १/१ जनामा संक्रमण देखिएको हो । यता, धनकुटाको धनकुटा नगरपालिकामा ६, उदयपुरको बेलकामा २, उदयपुरगढी, त्रियुगा, चौदण्डीगढी र स्थानीय तह नखुलेका १/१, संखुवासभाको धर्मदेवी र स्थानीय तह नखुलेका १/१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण पुगिट भएको छ ।

प्रदेश १ मा आज ५१६ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २४६ महिला र २७० पुरुष छन् । पछिल्लो २४ घण्टामा ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र ६ पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!