संगालोखबर सम्बाददाता

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ७६४ जना संक्रमित थपिएका छन् । सुनसरीमा ३०१, मोरङमा २०२, झापामा १२२, पाँचथरमा ७०, खोटाङमा १६, इलाममा १०, संखुवासभामा ६, धनकुटामा ५, उदयपुरमा २, तेह्रथुम र भोजपुरमा १/१ र प्रदेश १ बाहिरका २८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयका अनुसार सुनसरीको इटहरीमा १३६, धरानमा ९०, बराहक्षेत्रमा ३३, दुहवीमा ११, इनरुवामा ८, गढीमा ५, बर्जुमा ४, रामधुनीमा ३, देवानगञ्ज र भोक्राहा नरसिंहमा २/२, कोशी गाउँपालिका र हरिनगरमा १/१, स्थानीय तह नखुलेका ५ जनामा संक्रमण देखिएको छ । त्यस्तै मोरङको विराटनगरमा १५३, बुढीगंगामा ९, उर्लाबारीमा ८, जहदामा७, लेटाङ, सुन्दरहरैंचा, पथरीशनिश्चरे, ग्रामथान र स्थानीय तह नखुलेका ३/३, केराबारी, धनपालथान, कटहरी र रंगेलीमा २/२, मिक्लाजुङ र बेलबारीमा १/१ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो ।

यता, झापाको दमकमा ६६, मेचीनगरमा १८, भद्रपुरर विर्तामोडमा ९/९, कनकाईमा ४, शिवसताक्षीमा ३, कचनकवलमा २, बाह्रदशी, गौरीगञ्ज, झापागाउँपालिका र कमल गाउँपालिकामा १/१ र स्थानीय तहन खुलेका ७, पाँचथरको फिदिममा ६३, फालेलुङमा ४ र हिलिहाङमा ३, खोटाङको खोटेहाङमा १६, इलामको इलाम नगरपालिकामा ४, चुलाचुली र माई जोगमाईमा ३/३ जना संक्रमित भएका छन् ।

यता, संखुवासभाको खाँदबारीमा ४ र स्थानीय तह नखुलेका २, धनकुटाको पाख्रीबास र धनकुटा नगरपालिकामा २/२ र स्थानीय तह नखुलेका १, उदयपुरको उदयपुरगढीमा २, तह्रथुम र भोजपुरमा १/१ र प्रदेश १ बाहिरका २८ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६० हजार २२४ पुगेको छ । प्रदेश १ मा आज ९८२ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४३७ महिला र ५४५ पुरुष छन् । मन्त्रालयका अनुसार सबैभन्दा बढी मोरङबाट ४५० जना संक्रमणमुक्त भएका हुन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ३९ हजार ४११ पुगेको छ । सक्रिय संक्रमितको संख्या १९ हजार ८८० छ ।

प्रदेश १ मा आज २ हजार १३७ जनाको पीसीआर परीक्षण गरिएको हो । परीक्षण गरिएका मध्ये ३४८ महिला र ४१६ पुरुषको रिपोर्ट पोजिटिभ आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!