संगालोखबर सम्वाददाता

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ४२७ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार ३४५ जनाको पीसीआर परीक्षण गर्दा २०९ महिला र २१८ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । सुनसरीमा १६१, मोरङमा १२४, झापामा १०९, उदयपुरमा १०, धनकुटामा ५, इलाममा ४, ताप्लेजुङमा ३, पाँचथरमा २, तेह्रथुममा १ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयका अनुसार सुनसरीको इटहरीमा ७४, धरानमा ५०, इनरुवामा २५, रामधुनीमा ५, गढी र बर्जुमा २/२, दुहवी, बराहक्षेत्र र स्थानीय तह नखुलेका १/१, मोरङको विराटनगरमा ७२, बेलबारीमा १३, केराबारीमा ११, पथरीशनिश्चरेमा ७, उर्लाबारमिा ५, सुन्दरहरैंचा र लेटाङमा ४/४, रंगेली र कटहरीमा २/२, ग्रामथान, मिक्लाजुङ, जहदा र स्थानीय तह नखुलेका १/१ जना संक्रमित थपिएका छन् । त्यस्तै झापाको दमकमा ५९ विर्तामोडमा २२, भद्रपुरमा १०, मेचीनगरमा ७, शिवसताक्षी, अर्जुनधारा र स्थानीय तह नखुलेका २/२, बाह्रदशी, हल्दिबारी, बुद्धशान्ति, कनकाई र गौरादहमा १/१, उदयपुरको कटारीमा ८, बेलका र त्रियुगामा १/१ जना संक्रमित भएका हुन् ।

यता, धनकुटाको धनकुटा नगरपालिकामा ३, महालक्ष्मी र पाख्रीबासमा १/१, इलामको चुलाचुलीमा २, इलाम नगरपालिका र माईजोगमाईमा १/१, ताप्लेजुङको फुङलिङमा १ र स्थानीय तह नखुलेका २, पाँचथरमा २, तेह्रथुममा १ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६९ हजार २२४ पुगेको छ । यसैबीच आज ७१३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३४६ महिला र ३६७ पुरुष छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५७ हजार ८५८ पुगेको छ भने सक्रिय संक्रमित १० हजार २३६ छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!