संगालोखबर सम्वाददाता

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ३८३ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार २८० जनाको पीसीआर परीक्षण गर्दा २०१ महिला र १८२ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । मोरङमा १२७, सुनसरीमा १२४, झापामा ८२, उदयपुरमा १८, धनकुटामा ७, इलाममा ४, पाँचथर, सोलुखुम्वु, संखुवासभा र भोजपुरमा २/२, खोटाङमा १ र प्रदेश १ बाहिरका १२ जनामा ससंक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ६४, सुन्दरहरैंचामा २०, बुढीगंगामा ११, बेलबारी र लेटाङमा ५/५, कटहरीमा ४, उर्लाबारी, पथरीशनिश्चरे र रतुवामाई ३/३, धनपालथान, मिक्लाजुङमा २, सुनबर्षी, केराबारी, ग्रामथान, रंगेली, कानेपोखरी र जहदामा १/१, सुनसरीको धरानमा ४७, इटहरीमा ४६, बराहक्षेत्रमा ९, दुहवीमा ७, रामधुनी र स्थानीय तह नखुलेका ५/५, बर्जुमा ३, इनरुवामा २ जनामा संक्रमण देखिएको हो । त्यस्तै झापाको विर्तामोडमा १९, दमकमा १६, मेचीनगरमा ११, अर्जुनधारामा १०, भद्रपुरमा ८, शिवसताक्षीमा ६, बुद्धशान्ति, कनकाई र कमल गाउँपालिकामा ३/३, नखुलेका २ र बाह्रदशीमा १ उदयपुरको त्रियुगामा १२, चौदण्डीगढीमा, उदयपुरगढीमा २ र स्थानीय तह नखुलेका १ जना संक्रमित भएका छन् ।

यता, धनकुटाको धनकुटा नगरपालिकामा ३, महालक्ष्मी, पाख्रीवास, शहिदभूमी र स्थानीय तह नखुलेका १/१, इलामको इलाम नगरपालिकामा २, चुलाचुली र स्थानीय तह नखुलेका १/१, पाँचथरको फिदिम र स्थानीय तह नखुलेका १/१, सोलुखुम्वुको थुलुङ दुधकोशीमा २, संखुवासभाको सभापोखरी र धर्मदेवीमा १/१, भोजपुरमा २, खोटाङको दिक्तेल रुपाकोटा मझुवागढीमा १ र प्रदेश १ बाहिरका १२ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६९ हजार ६०७ पुगेको छ । यसैबीच आज ६१९ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २५६ महिला र ३६३ पुरुष छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५८ हजार ४७७ पुगेको छ भने ९ हजार ९८३ सक्रिय संक्रमित छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!