संगालोखबर सम्बाददाता

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ३७१ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार १७१ जनाको पीसीआर परीक्षण गर्दा १७६ महिला र १९५ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । मोरङमा १५२, सुनसरीमा १०२, झापामा ७२, इलाममा७, पाँचथर, तेह्रथुम र भोजपुरमा ५/५, संखुवासभामा ४, धनकुटामा २, ताप्लेजुङ र उदयपुरमा १/१ र प्रदेश १ बाहिरका १५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ७८, बेलबारीमा २७, पथरीशनिश्चरेमा ११, सुन्दरहरैंचा र उर्लाबारीमा ७/७, बुढीगंगामा ५, सुनबर्षी र कटहरीमा ४/४, केराबरी र रतुवामाईमा २/२, ग्रामथान, जहदा, लेटाङ, मिक्लाजुङ र रंगेलीमा १/१ जनामा संक्रमण देखिएको छ । त्यस्तै सुनसरीको धरानमा २९, इटहरीमा २८, बराहक्षेत्रमा २२, दुहवी र रामधुनीमा ६/६, गढीमा ४, इनरुवामा ३, बर्जुमा २, हरिनगर र भोक्राहामा १/१, झापाको विर्तामोड र मेचीनगरमा १६/१६, भद्रपुरमा १४, कनकाईमा ९, दमकमा ७, गौरादहमा ५, अर्जुनधारामा ३, हल्दिबारी र बुद्धशान्तिमा १ १ जना संक्रमित भएका छन् ।

यता, इलामको इलाम नगरपालिका र सुर्योदयमा २/२, माई, चुलाचुली र रोङमा १/१, पाँचथरको हिलिहाङमा १ र स्थानीय तह नखुलेका ४, तेह्रथुमको म्याङलुङमा ३ र स्थानीय तह नखुलेका २, भोजपुरको भोजपुर नगरपालिकामा ३ र अरुणमा २, संखुवासभाको सभापोखरी र चैनपुरमा २/२, धनकुटाको छथर जोरपाटी र चौबिसेमा १/१, ताप्लेजुङको फुङलिङ र उदयपुरको त्रियुगामा १/१ र प्रदेश १ बाहिरका १५ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६७ हजार ५९९ पुगेको छ । यसैबीच १ हजार ७४० जना संक्रमणमुक्त भएका छन् । ७७७ महिला र ९६३ पुरुष संक्रमणमुक्त भएका हुन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५४ हजार ११३ पुगेका छ भने सक्रिय संक्रमित १२ हजार ४०२ छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!