संगालोखबर सम्वाददाता

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ३३७ जना कोरोना संक्रमित थपिएका छन् । ९२६ जनाको पीसीआर परीक्षण गर्दा १४५ महिला र १९२ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । मोरङमा १०७, झापामा ९५, सुनसरीमा ५०, पाँचथरमा ३२, उदयपुरमा २४, सोलुखुम्वुमा १३, संखुवासभामा ५, इलाममा ३, धनकुटा र भोजपुरमा १/१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ५४, सुन्दरहरैचामा २३, उर्लाबारीमा १०, पथरीशनिश्चरेमा ५, रतुवामाई र मिक्लाजुङमा ३/३, लेटाङ, बेलबारी र जहदामा २/२, केराबारी, बुढीगंगा र रंगेलीमा १/१ जनामा संक्रमण देखिएको हो । त्यस्तै झापाको विर्तामोडमा २९, शिवसताक्षीमा १७, दमकमा १०, अर्जुनधारामा ९, कनकाईमा ७, हल्दिबारीमा ५, बुद्धशान्ति र कमल गाउँपालिकामा ४/४, मेचीनगर र बाह्रदशीमा ३/३, गौरीगञ्ज, कचनकवल, भद्रपुर र झापा गाउँपालिकामा १/१ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।

यता, सुनसरीको इटहरीमा २७, दुहवीमा ७, धरानमा ६, रामधुनीमा ३, बराहक्षेत्र र गढीमा २–२, हरिनगर, बर्जु र स्थानीय तह नखुलेका १/१ पाँचथरको फिदिममा २८, तुम्मेवा, याङवरक, फालेलुङ र स्थानीय तह नखुलेका १–१, उदयपुरको कटारीमा १७, त्रियुगामा ५, बेलका र उदयपुरगढीमा १/१ जना संक्रमित थपिएका हुन् । त्यस्तैगरी सोलुखुम्वुको नेचासल्यानमा ८, माप्य दुधकोशीमा ५, संखुवासभाको धर्मदेवी, खाँदबारी र स्थानीय तह नखुलेका ३, इलामको इलाम नगरपालिका, चुलाचुली र फाकफोकथुममा १/१, धनकुटाको शहिदभूमी र भोजपुरको हतुवागढीमा १/१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६५ हजार ६७८ पुगेको छ । जसमध्ये ४८ हजार ८८० जना संक्रमणमुक्त भएका छन् । प्रदेश १ मा आज ३०९ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या १५ हजार ७५१ छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!