संगालोखबर सम्बाददाता

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा २७४ जना कोरोना संक्रमित थपिएका छन् । ९६० जनाको पीसीआर परीक्षण गर्दा १३३ महिला १४१ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । मोरङमा ९९, झापामा ८१, सुनसरीमा ८०, उदयपुरमा ३, धनकुटामा २, भोजपुरमा १ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ७२, लेटाङमा १३, बुढीगंगामा ६, मिक्लाजुङमा ४, सुन्दरहरैचामा २, रतुवामाई र कटहरीमा १/१, झापाको दमकमा ४३, भद्रपुरमा १४, विर्तामोडमा १३, कमलगाउँपालिकामा ३, मेचीनगर र शिवसताक्षीमा २/२, कनकाई, अर्जुनधारा, बाह्रदशी र स्थानीय तह नखुलेका १/१ जनामा संक्रमण देखिएको हो ।

त्यस्तै सुनसरीको धरानमा ४२, इटहरीमा २८, रामधुनीमा ५, इनरुवामा २ र स्थानीयतहनखुलेका ३, उदयपुरको बेलकामा २ र स्थानीय तह नखुलेका १ जना संक्रमित भएका छन् । यता, धनकुटाको धनकुटा नगरपालिका र स्थानीय तह नखुलेका १/१, भोजपुरको भोजपुर नगरपालिकामा १ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६७ हजार ८७३ पुगेको छ । यसैबीच ४६० जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १९८ महिला र २६२ पुरुष छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५४ हजार ५७४ पुगेको छ भने सक्रिय संक्रमित १२ हजार २०६ छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!