संगालोखबर सम्बाददाता

विराटनगर । प्रदेश १ मा आज २५५ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार ४२९ जनाको पीसीआर परीक्षण गर्दा १२६ महिला र १२९ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । मोरङमा ९५, झापामा ७१, सुनसरीमा ४५, संखुवासभामा १३, इलाममा १०, उदयपुरमा ५, तेह्रथुममा ४, खोटाङमा २, पाँचथर र धनकुटामा १/१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयका अनुसार मोरङको सुन्दहरैंचामा २७, केराबारीमा २३, विराटनगरमा २२, उर्लाबारीमा ७, रतुवामाईमा ४, पथरीशनिश्चरे, बेलबारी, बुढीगंगा र लेटाङमा २/२, रंगेली, मिक्लाजुङ, कटहरी र स्थानीय तह नखुलेका १/१ जनामा संक्रमण देखिएको छ । त्यस्तै झापाको विर्तामोडमा १७, दमकमा १४, मेचीनगर र अर्जुनधारामा ८/८, शिवसताक्षीमा ७, गौरीगञ्जमा ४, गौरादहमा ३, हल्दिबारी, कनकाई र भद्रपुरमा २/२, कचनकवल, बुद्धशान्ति, कमल गाउँपालिका र स्थानीय तह नखुलेका १/१, सुनसरीको इटहरीमा ३१, धरानमा ६, रामधुनी र दुहवीमा ३/३, गढी र बराहक्षेत्रमा १/१ जना संक्रमित भएका छन् ।

यता, संखुवासभाको चैनपुरमा १२ र खाँदबारीमा १, इलामको मांसेबुङमा ६, चुलाचुलीमा २, इलाम नगरपालिका र स्थानीय तह नखुलेका १/१, उदयपुरको त्रियुगा र चौदण्डीगढीमा २/२ र स्थानीय तह नखुलेका १, तेह्रथुमको म्याङलुङमा ४, खोटाङको रुपाकोट मझुवागढी र दिप्रुङ चुईचुम्मामा १/१, पाँचथरको फिदिम र धनकुटाको धनकुटा नगरपालिकामा १/१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६८ हजार १२८ पुगेको छ । जसमध्ये ५५ हजार ७९८ जना संक्रमणमुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या ११ हजार २३२ छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!