संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ बाट आज १ हजार ३१० जनाले कोरोना भाईरसलाई जितेर संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ५२४ महिला र ७८६ पुरुष छन् । योसँगै प्रदेश १ मा हालसम्म संक्रमणमुक्त हुँनेको संख्या ४८ हजार ५५३ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

यसैबीच प्रदेश १ मा आज ४८६ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार ४१९ जनाको पीसीआर परीक्षण गर्दा २२६ महिला र २६० जना पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । मोरङमा १९३, सुनसरीमा १३५, झापामा १०८, धनकुटामा १४, उदयपुरमा ६, संखुवासभा र भोजपुरमा ४–४, तेह्रथुम, इलाम र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका १९ जनामा संक्रमण देखिएको छ । मोरङको विराटनगरमा ११७, बुढीगंगामा १८, कानेपोखरीमा १७, बेलबारीमा ११, कटहरीमा ६, पथरीशनिश्चरेमा ५, सुन्दहरैचामा ४, जहदा र स्थानीय तह नखुलेका ३–३, सुनबर्षीमा २, रंगेली र उर्लाबारीमा २–२, रतुवामाई, लेटाङ, केराबारी र ग्रामथानमा १–१ जनामा संक्रमण देखिएको छ ।

सुनसरीको धरानमा ६२, इटहरीमा ३१, इनरुवामा २०, दुहवीमा ७, रामधुनीमा ६, बराहक्षेत्रमा ५, बर्जुमा २, देवानगञ्ज र स्थानीय तह नखुलेका १–१, झापाको दमकमा ७४, भद्रपुरमा १६, मेचीनगरमा ५, विर्तामोडमा ४, कचनकवलमा ३, शिवसताक्षी , कमल, बाह्रदशी, अर्जुनधारा र झापा गाउँपालिकामा १–१ जनामा संक्रमण देखिएको छ ।

त्यसैगरि धनकुटाको धनकुटा नगरपालिकामा ६, पाख्रीबासमा ४, शहिदभूमि, महालक्ष्मी, चौविसे र छथर जोरपाटीमा १–१, उदयपुरको रौतामाई र त्रियुगामा २–२, कटारी र स्थानीय तह नखुलेका १–१, संखुवासभाको खाँदबारीमा ३ र मादीमा १, भोजपुरको भोजपुर नगरपालिकामा १ र स्थानीय तह नखुलेका ३, तेह्रथुमको फेदापमा १, इलामको चुलाचुलीमा १ र ताप्लेजुङमा १ जनामा संक्रमण पुष्टि भएको छ । प्रदेश १ का ल्याबमा गरिएको परीक्षणमा प्रदेश १ बाहिर ठेगाना भएका १९ जनामा पनि संक्रमण देखिएकोे छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६५ हजार ३४१ पुगेको छ । सक्रिय संक्रमितको संख्या १५ हजार ७५२ पुगेको मन्त्रालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!