संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ को बर्खे अधिवेशन आगामी सोमबार हुँने भएको छ । प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बिहिबार बिहान बसेको प्रदेश मन्त्रीपरिषदको बैठकले सोमबार दिउँसो २ बजे बर्खे अधिवेशन गर्ने निर्णय गरेको हो ।

Advertisement

बैठकले जेठ २४ गते प्रदेश सभा भवनमा अधिवेशन गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कुमार कार्कीले जानकारी दिए । उनका अनुसार मन्त्रीपरिषद्को यो निर्णयलाई प्रदेश प्रमुख समक्ष सिफारिस गरिनेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!