संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ सरकारको अर्थ सम्बन्धि प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विद्येयक २०७८ सर्वसम्मतले पारित भएको छ । प्रदेशसभा बजेट अधिवेशनको आज बसेको बैठकमा सो विद्येयक पारित गरेको हो ।

Advertisement

प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङ लिम्बुले प्रस्ताव स्वरुप प्रस्तुत गरेको सो विद्येयक आवश्यक छलफलपछि सर्वसम्मतले पारित भएको हो । संसदमा सत्तापक्षका सांसदहरुले हात उठाएर विद्येयकको पक्षमा सर्मथन जनाएका थिए ।

यसअघि आर्थिक विद्येयकमाथिको छलफलमा भाग लिँदै जनता समाजवादी पार्टी संसदीय दलका नेता जयराम यादवले प्रदेश सरकार पूर्ण रुपमा संघीय सरकारमाथि आश्रित रहेको बिषय सत्तापक्षका मन्त्रीले नै प्रमाणित गरिदिएको बताए । उनले कर तिर्नका लागि जनतालाई प्रोत्साहन हुने किसिमको नयाँ योजना तथा कार्यक्रमसमेत नआएको गुनासो गरे ।

छलफलका क्रममा उठेका प्रश्न तथा जिज्ञासाको सम्बन्धमा जवाफ दिँदै प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री आङ्बुहाङले आगामी दिनमा राजश्व अध्ययन समिति निमार्ण गरेर करको दायरा फराकिलो बनाउने बिषयमा आवश्यक गृहकार्य भईरहेको बताएका छन् ।

प्रदेशसभा बजेट अधिवेशनको १२ औं बैठक असार १० गते शुक्रबार मध्यान्न १२ बजेका लागि बोलाइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!