संगालोखबर सम्बाददाता

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा १ हजार १०४ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ७५३ जनाको पीसीआर परीक्षणगर्दा ६५२ र १ हजार ३३१ जनाको एन्टिजेन परीक्षण गर्दा ४५२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ३०७, सुनसरीमा १७७, मोरङमा १२३, धनकुटामा १४, इलाममा ९, संखुवासभा, तेह्रथुम, भोजपुर र उदयपुरमा २/२, पाँचथर र ताप्लेजुङमा १/१ र प्रदेश १ बाहिरका १२ जनामा संक्रमण देखिएको छ ।

Advertisement

झापाको दमकमा १११, विर्तामोडमा ७३, अर्जुनधारा र कनकाईमा २३/२३, मेचीनगरमा २०, भद्रपुरमा १७, बुद्धशान्तिमा १४, शिवसताक्षीमा १२, कमल गाउँपालिकामा ४, बाह्रदशीमा ३, झापा गाउँपालिका र स्थानीय तह नखुलेका २/२, कचनकवल, हल्दिबारी र गौरादहमा १/१ जनामा सक्रमण देखिएको हो । त्यस्तै सुनसरीको धरानमा ११८, इटहरीमा ४०, बराहक्षेत्र र इनरुवामा ५/५, रामधुनी र दुहवीमा १/१ र स्थानीय तह नखुलेका ७, मोरङको विराटनगरमा ५५, केराबारीमा १८, उर्लाबारी र सुन्दरहरैचामा १३/१३, बेलबारीमा ८, पथरीशनिश्चरेमा ५, मिक्लाजुङ र ग्रामथानमा ३/३, रंगेली, लेटाङ, सुनबर्षी, रतुवामाई र कटहरीमा १/१ जना संक्रमित भएका छन् ।

यता, धनकुटाको धनकुटा नगरपालिकामा ८, पाख्रीवासमा २, महालक्ष्मी, छथर जोरपाटी, साँगुरीगढी र स्थानीय तह नखुलेका १/१, इलामको इलाम नगरपालिकामा ६, चुलाचुलीमा २ र देउमाईमा १, संखुवासभाको धर्मदेवी र स्थानीय तह नखुलेका १/१, तेह्रथुम, भोजपुर र उदयपुरमा २/२, पाँचथरको फालेलुङ र ताप्लेजुङको मैवाखोलामा १/१ र प्रदेश १ बाहिरका १२ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रदेश १ मा आज ३८२ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १७६ महिला र २०६ पुरुष छन् । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । २ महिला र ४ पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!