संगालोखबर सम्बाददाता
सांकेतिक तस्वीर

पाँचथर । पाँचथरको याङवरक गाउँपालिका–२ लेखेवामा आज बिहान पहिरोसँगै झरेको ढुंगाले लाग्दा एक जनाको मृत्यु भएको छ । एक जना घाइते छन् । ढुंगाले लाग्दा स्थानीय ५८ बर्षीय टेकनाथ धौरालीको मृत्यु भएको हो । स्थानीय ५२ बर्षीय खड्क बहादुर राई घाइते भएका छन् ।

बिहान करिव सवा ७ बजे नुवाखोलाबाट निकालिएको पानीको कुलो बनाउने क्रममा पहिरोसँगै आएको ढुंगाले उनीहरुलाई लागेको हो । टाउको र शरीरमा ढुंगाले लाग्दा घटनास्थलमै घौरालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

घटनाको जानकारी पाएपछि प्रहरी चौकी फलैँचा र सीमा प्रहरी चौकी च्याङ्थापुबाट टोली गएर घाइतेलाई उपचारका लागि स्थानीय स्वास्थ्य चौकी पठाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!