संगालोखबर सम्वाददाता

पाँचथर । पाँचथरको फिदिममा आगलागी हुँदा किरिया बसेका आमा र दुई छोरा घाइते भएका छन् । फिदिम नगरपालिका–४ जोरसालमा आगलागीमा परी ७२ वर्षीया चनमाया सापकोटा, उनका छोरा ४९ वर्षीय दीननाथ र ३२ वर्षीय मदन घाइते भएका हुन् ।

सोमबार राती करिब साढे ८ बजे ग्यास सिलिन्डर लिक भएर आगलागी भएको हो । पानी तताउन ग्यास बालेका बेला सल्किएको आगो निभाउँने क्रममा उनीहरु घाइते भएको पाँचथरका प्रहरी प्रमुख डिएसपी दानबहादुर थापाले संगालोखबरलाई बताए । ‘किरिया बसेका बेला पानी तताउँने क्रममा ग्यास लिक भएर आगलागी हुँदा आमाको पुरै शरिर जलेको छ । छोराहरु पनि घाइते छन् । जिल्ला अस्पतालमा उपचार हुँन नसकेपछि थप उपचारका लागि धरान पठाएका छौ,’ डिएसपी थापाले भने ।

Advertisement

चनमायाका श्रीमान भगीरथको सोमबार मृत्यु भएको हो । उनको अन्त्येष्टि सकेर आमा र छोराहरु किरिया बसेका बेला घटना भएको हो । घाइतेहरुलाई उपचारका लागि पाँचथर जिल्ला अस्पताल लगिएको थियो । तर, त्यहाँ उपचार हुँन नसकेपछि थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ ।

यसअघि गत शुक्रबार राती संखुवासभामा पनि यस्तै प्रकृतिको घटना भएको थियो । मादी नगरपालिका–५ च्याङरिङमा किरियापुत्री बसेका बेला घरमा आगलागी हुँदा ४७ बर्षीय राजेन्द्रवावु दाहाल र उनकी श्रीमती ४४ बर्षीया कमलाको मृत्यु भएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!