संगालोखबर सम्वाददाता

धनकुटा । नेकपा एमाले धनकुटाका सल्लाहकार समिति संयोजक जीवप्रसाद पोख्रेलको निधन भएको छ । धनकुटा नगरपालिका–६ आत्मारा निवासी पोख्रेलको आइतबार साँझ निधन भएको हो ।

Advertisement

नेकपा एमाले धनकुटाका प्रचार विभाग प्रमुख भेषराज कटेलले पोख्रेलको निधन भएको पुष्टि गरेका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई एक साता अघि उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । प्रतिष्ठानमा उपचारका क्रममा नेता पोख्रेलको निधन भएको हो ।

धनकुटाका अग्रज नेता पोख्रेल धनकुटा नगरपालिकाका पूर्व उपमेयरसमेत हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!