संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटा बजार क्षेत्रमा अव्यवस्थित रुपमा राखिएका सामानहरु नगर प्रहरीले जफत गरेको छ । बसपार्क, सब्जिलाइन, हुलाकटोल लगायत क्षेत्रमा पसल व्यवसाय क्षेत्रभन्दा बाहिर निकालेर राखिएका सामानहरु नगर प्रहरीले नियन्त्रणमा लिएको हो ।

Advertisement

अव्यवस्थित रुपमा सामान नराख्न पटक-पटक आग्रह गर्दा पनि अटेर गरेपछि सामानहरु जफत गरिएको नगर प्रहरी प्रमुख रवि खत्रीले जानकारी दिए । ‘पसल क्षेत्रभन्दा बाहिर सामान नराख्न हामीले पटक-पटक आग्रह गरेका छौं,’ नगर प्रहरी प्रमुख खत्रीले भने, ‘पटक–पटक भन्दा पनि नमानेर अटेर गर्नेहरुको सामान जफत गरेका हौं ।’

बसपार्कमा व्यापारीहरुले पसल भन्दा बाहिर कपडा टाँगेर बिक्रीका लागि सामान राख्ने गरेका छन् । त्यसरी टाँगेर राखिएका कपडासहित बाहिर पसल थापेर राखिएको बिस्कुट, छुर्पी, बदाम, चिप्स लगायत सामान नगर प्रहरीले नियन्त्रणमा लिएको छ । सिरवानीस्थित सब्जिलाइनमा पनि पसल भन्दा बाहिर राखिएको टमाटर, आलु, साग लगायत तरकारीहरु जफत गरिएको नगर प्रहरी प्रमुख खत्रीले बताए । उनका अनुसार हुलाकटोलस्थित चुवाको बोट क्षेत्रको कपडा पसल बाहिर राखिएका कपडा पनि जफत गरिएको छ ।

नगरलाई सफा र व्यवस्थित बनाउँन नगरपालिकाले अभियान चलाइरहेको छ । सबैको साथ सहयोगले मात्र नगर क्षेत्रलाई व्यवस्थित बनाउँन सकिने भएकाले आ–आफ्नो क्षेत्रबाट सकारात्मक भूमिका निर्वाह गर्न मेयर चिन्तन तामाङले नगरबासीहरुलाई आग्रह गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!