संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटा नगरपालिकाका पूर्व मेयर वाङ्दी लामाको आज निधन भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि काठमाडौंको शिक्षण अस्पतालमा उपचाररत लामाको बिहान निधन भएको हो ।

Advertisement

जनता समाजवादी पार्टीका केन्द्रिय सल्लाहकार समिति सदस्यसमेत रहेका लामाको निधन भएको सो पार्टीका धनकुटा उपाध्यक्ष विकास घिमिरेले पुष्टि गरे । हिले निवासी लामा २०५४ सालमा नेकपा एमालेको तर्फबाट धनकुटा नगरपालिकाको मेयरमा बिजयी भएका थिए ।

पछिल्लो समय काठमाडौं बसेर सामाजिक काममा सक्रिय लामा राजनीतिमा भने निष्कृय थिए । केही बर्ष अघि उनी जनता समाजवादी पार्टीमा आवद्ध भएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!