बिनोद बिष्ट/संगालोखबर

धनकुटा । नेकपा एमाले निकट धनकुटा-काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा महेन्द्र गिरी निर्वाचित भएका छन् । काठमाडौंको तिलगङ्गामा आज सम्पन्न मञ्चको १२ औं सम्मेलनले सहिदभूमिका गिरीको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

Advertisement

नव गठित समितिको उपाध्यक्षमा पाख्रीवासका तेजबहादुर राई, महिला उपाध्यक्षमा धनकुटा नगरपालिकाकी रेखा पाख्रिन, सचिवमा साँगुरीगढीका मोहनकुमार राई निर्वाचित भएका छन् ।

त्यस्तै, सह-सचिवद्वयमा महालक्ष्मीका प्रविण खतिवडा र पाख्रीवासकी सरिता राई तथा कोषाध्यक्षमा छथर जोरपाटीका यादववावु तिम्सिना निर्वाचित भएका छन् ।

सदस्यहरूमा सिद्धबहादुर कार्की, मेनुका खत्री, गिता तामाङ राई, अर्जुन लिम्बू, मिलन कुमार राई, चन्द्र कार्की, टंक सुवेदी, टिकाराम श्रेष्ठ, मनोज अधिकारी, ज्ञानबहादुर भण्डारी, विशाल याखा, शेखर पाण्डे, अजित राई, चन्द्रबहादुर राई, चन्द्रशेर राई र टोपेन्द्र राई निर्वाचित भएका छन् ।

कार्यक्रममा नेकपा एमालेका स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, एमाले धनकुटा अध्यक्ष इन्द्रमणि पराजुली लगायतले नयाँ कार्यसमितिलाई बधाइसहित सफल कार्यकालको शुभकामना दिएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!