संगालोखबर सम्वाददाता

धनकुटा । नेपाली कांग्रेस धनकुटाले देशका विभिन्न स्थानमा बर्षाका कारण जनधनको ठूलो क्षति भइरहदा सरकार यो विषयमा उदासिन बनेर सत्ता टिकाउँने खेलमा मात्र व्यस्त भएको आरोप लगाएको छ । कांग्रेस जिल्ला कार्यसमिति धनकुटाले आइतवार प्रेस विज्ञप्ति जारी गर्दै बाढी, पहिरो, डुवान, कटान लगायत प्राकृतिक प्रकोप प्रभावित प्रति सरकार उदासिन बनेको आरोप लगाएको हो ।

Advertisement

कांग्रेस जिल्ला सभापति अग्नीप्रसाद पौडेल र सचिव विजय सन्तोषी राईले प्रेस विज्ञप्ति जारी गरेर प्राकृतिक प्रकोपबाट जनधनको क्षति भइरहदा सरकार उदासिन बनेर सत्ता टिकाउँने खेलमा मात्र लागिपरेको आरोप लगाएका हुन् । ‘केही दिनदेखि परेको अविरल बर्षाले सिन्धुपाल्चोकको मेलम्ची, हेलम्बु लगायत देशका बिभिन्न जिल्लामा ठूलो जनधनको क्षति भइरहदा सरकारले उचित क्षतिपूर्ति उपलब्ध गराउँन नसकेकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘जनधनको क्षतिप्रति सरकार उदासिन बन्दै सरकार टिकाउँने खेलमा मात्र व्यस्त रहनु नेपालीको लागि ठूलो दुर्भाग्य भएको छ ।’

कांग्रेसले प्राकृतिक प्रकोप प्रभावितलाई तत्काल राहत उपलब्ध गराउँन र घरबारबिहिन भएकाहरुलाई सचित व्यवस्थापनको माग पनि गरेको छ । संकटमा परेकाहरुलाई उद्धार र राहत वितरणको कार्यलाई प्रभावकारी बनाउँन पनि कांग्रेस नेता कार्यकर्तालाई अपिल गरिएको छ । मौसमविद्को पूर्वानुमान बमोजिम जोखिम न्यूनिकरण र रोकथामका लागि सरकारले आवश्यक गृहकार्य नगरेकाले ठूलो जनधनको क्षति भएको कांग्रेसको ठहर छ ।

त्यस्तै मौसमविदले यो बर्ष अधिक बर्षा हुँने पूर्वानुमान गरेकाले धनकुटा जिल्लाबासी लगायत सम्पूर्ण नेपालीहरुमा उच्च सतर्कता र सजगता अपनाउँन पनि कांग्रेस धनकुटाले सुझाव दिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!