संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटा उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष एवं हिलेका व्यावसायी उमेश घिमिरेलाई पितृशोक परेको छ । व्यावसायी घिमिरेका वुवा निलबहादुरको ८१ बर्षको उमेरमा आज बिहान निधन भएको हो ।

Advertisement

परिवार स्रोतका अनुसार उनी करिब १५ दिन अघिदेखि विरामी परेका थिए । सुरुमा ज्वरो आएर सिकिस्त हुँदै गएपछि उपचारका लागि विराटनगरस्थित नोबेल शिक्षण अस्पताल पुर्याइएको थियो । उनमा निमोनियाको समस्या देखिएको थियो । पीसीआर रिपोर्ट भने नेगेटिभ आएका उनलाई ९ दिन भेन्टिलेटरमा राखियो ।

स्वास्थ्यमा सुधार हुँने अवस्था नदेखेर डाक्टरले घर लैजान सुझाव दिएपछि हिजो उनलाई घर ल्याइएको थियो । अक्सिजन लगाएर घरमै राखिएको अवस्थामा बिहान करिब १०ः१५ बजे घिमिरेको निधन भएको उनका नाती दिवेश खड्काले बताए ।

स्वर्गिय घिमिरे हिलेका पूर्व वडाध्यक्षसमेत हुन् । उनी सामाजिक व्यक्तिका रुपमा परिचित थिए । उनका दुई श्रीमतीसहित तीन छोरा र सात छोरी छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!