सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । आगामी बैशाखमा हुँन लागेको स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस धनकुटाले जिल्लाका सात वटै पालिकामा एक/एक जना नेतालाई चुनावी संयोजनको जिम्मेवारी दिएको छ । कांग्रेस जिल्ला कमिटीको आज बसेको दोस्रो पूर्ण बैठकले स्थानीय तह निर्वाचनमा चुनावी गतिविधि संयोजनका लागि जिल्ला पार्टीका नेताहरुलाई जिम्मेवारी दिने निर्णय गरेको हो ।

Advertisement

बैठकले धनकुटा नगरपालिकामा पार्टीका जिल्ला सचिब विजयसन्तोषी राई, पाख्रीवास नगरपालिकामा जिल्ला उप–सभापति सुनिलकुमार डंगोल र महालक्ष्मी नगरपालिकामा जिल्ला उप–सभापति निर्मलकुमार ओझालाई संयोजनको जिम्मेवारी दिएको छ । यस्तै साँगुरीगढी गाउँपालिकामा जिल्ला सचिब जयन्द्र घिसिङ, चौविसे गाउँपालिकामा जिल्ला सह–सचिव गिरीजाप्रसाद दाहाल, छथर जोरपाटी गाउँपालिकामा जिल्ला सह–सचिब रोशन श्रेष्ठ र सहिदभूमि गाउँपालिकामा जिल्ला पार्टी प्रचार विभाग प्रमुख खगेन्द्र प्रसाद घिमिरेलाई संयोजन गर्ने जिम्मेवारी दिइएको छ ।

बैठकले महासमिति निर्वाचन गर्न रमेश श्रेष्ठको संयोजकत्वमा निर्वाचन समिति पनि गठन गरेको छ । समितिको सदस्यमा भोला भट्टराई र हिमा चेम्जोङलाई चयन गरिएको छ । बैठकले २२ जनालाई आमन्त्रित सदस्य मनोनित गरेको छ भने २१ जनाको सल्लाहकार समिति चयन गरिएको पार्टी प्रचार विभाग प्रमुख घिमिरेले जानकारी दिए । उनका अनुसार बैठकले जिल्ला पार्टीको ४९ वटा विभाग पनि गठन गरेको छ ।

कांग्रेस एक ढिक्का छ, अब चुनावमा लागौं: सभापती राई

फाइल तस्वीर

नेपाली कांग्रेस धनकुटाका सभापती दिनेश राईले पार्टीको १४ औं महाधिवेशन अन्र्तगत भएका अधिवेशनहरुमा वेग्ला–वेग्लै समूह बनाएर प्रतिष्पर्धा भएतापनि अधिवेशन सकिएपछि कांग्रेस एक ढिक्का भएको दावी गरेका छन् । कांग्रेस जिल्ला कार्यसमितीको बैठकमा बोल्दै सभापति राईले पार्टीको आन्तरिक लोकतन्त्र बलियो बनाउन र नयाँ साथीहरुलाई जिम्मेवारी दिनका लागि हुने यस्ता प्रतिष्पर्धामा कसैको जित वा हार नहुने बताए ।

निर्वाचनमा सफल हुन नसकेका साथीहरुसँग पनि आफुले सम्पर्क र भेटघाट गरिरहेको भन्दै उनले सबैको चाहना कांग्रेसलाई बलियो बनाउनु भएको बताए । कांग्रेस जिल्ला नेतृत्वले सबै नेता कार्यकर्तालाई समान व्यवहार गर्ने भएकाले कोही पनि निरास नभई पार्टीलाई वलियो बनाउँनेतर्फ लाग्न राईले सुझाव दिए ।

अधिवेशनमा बिजयी भएका तथा पराजित भएका सबैलाई समेटेर पार्टी अघि बढ्ने भएकाले अब सबै नेता कार्यकर्तालाई चुनावमा केन्द्रित हुँन उनले निर्देशन दिएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!