रबिन कटेल/संगालोखबर

धनकुटा । धनकुटा नगरपालिका–१ निगालेमा एकै परिवारका तीन जना मृत फेला परेका छन् । स्थानीय ३५ वर्षीय टिकाराम गुरुङ, उनकी श्रीमती ३६ वर्षीया भीमा र १० वर्षीय छोरा आयुष आज बिहान घरभित्रै मृत फेला परेका हुन् ।

Advertisement

टिकाराम झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । श्रीमती भीमा र छोरा आयुष पनि घरभित्रै मृत भेटिएको स्थानीय गौतम थापाले संगालोखबरलाई जानकारी दिए । ‘वुवा, आमा र छोरा मृत भेटिएका छन्,’ थापाले संगालोखबरसँग भने, ‘के भएर यस्तो भयो, अचम्म लागेको छ ।’

संखुवासभाको चैनपुरस्थित नुनढाकी स्थायी घर भएको गुरुङ परिवार करिब १२ वर्ष अघिदेखि निगालेका लाल श्रेष्ठको खाली घरमा बस्दै आएको थियो । ज्याला मजदुरी गर्दै आएका टिकारामको परिवारमा चार जना थिए । ६ वर्षीय छोरी आशिका बाहेक सबै जना मृत भेटिएका हुन् ।

छोरी आशिकाले घरमा बुवाआमाबीच झगडा भएको भन्दै छिमेकीलाई सुनाएपछि घटना थाहा भएको हो । राती करिब १ बजे घटना भएको अनुमान गरिएको छ । अहिले प्रहरी टोली घटनास्थल पुगेर थप अनुसन्धान गर्दैछ ।

घटनाको प्रकृति हेर्दा झगडाका क्रममा टिकारामले श्रीमती र छोराको हत्या गरी आफूले झुन्डिएर आत्महत्या गरेको प्रारम्भिक अनुमान गरिएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी राजबाबु महजंनले जानकारी दिए । झगडाको कारण भने खुलेको छैन ।

 

यो पनि हेर्नुहोस्…

धनकुटाका पत्रकारले देउसीको पैसाबाट दिए अनाथ बालबालिकालाई शैक्षिक सामग्री

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!