संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका–५ फाकुम्बामा आज छोराले आमाको हत्या गरेका छन् । बिहान करिब १० बजे स्थानीय ३३ वर्षीय डिल्लीकुमार लिम्बुले आमा ६३ वर्षीया धनमाया लिम्बुको हत्या गरेका हुन् ।

डिल्लीकुमारले बाम्फोकले हान्दा आमा धनमायाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएपछि साँघु प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल गएको थियो । प्रहरीले डिल्लीकुमारलाई नियन्त्रणमा लिएको छ ।

Advertisement

उनले के कारणले आमामाथि आक्रमण गरेको खुल्न बाँकी छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!