संगालोखबर सम्वाददाता
फाइल तस्वीर

झापा । हात्तीले आक्रमण गर्दा झापाको शिवसताक्षी–११ दुधेका मेघराज राईको मृत्यु भएको छ । हात्ती धपाउने क्रममा गएराती आक्रमण गर्दा ४५ वर्षीय राईको मृत्यु भएको हो ।

गाउँमा पसेर हात्तीले घर भत्काउँन थालेपछि राई हात्ती धपाउन निस्किएका थिए । सोही क्रममा हात्तीले आक्रमण गर्दा घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Advertisement

सो स्थानमा हात्तीले तोडफोड गर्दा १ लाख ५० हजार बराबरको क्षति भएको प्रहरीको अनुमान छ । योसँगै झापामा छ महिना यता हात्तीको आक्रमणबाट चार जनाको मृत्यु भइसकेको छ ।

पछिल्लो समय झापा र मोरङका विभिन्न स्थानमा हात्ती आतंक बढेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!