संगालोखबर सम्वाददाता

झापा । झापाको गौरादह नगरपालिका–४ मा दुई वटा मोटरसाईकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे १० प ११६७ नम्बरको मोटरसाईकल र बिपरीत दिशाबाट आउँदै गरेको मे ४ प २२७२ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुँनेमा मे १० प ११६७ नम्बरको मोटरसाईकलका चालक गौरादह नगरपालिका–५ का ३४ बर्षीय होम प्रसाद उप्रेती छन् ।

Advertisement

सोमबार साँझ दुई वटा मोटरसाईकल एक आपसमा ठोक्किदा उप्रेती घाइते भएका थिए । झापाको बी एण्ड सी अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!